नेपालगञ्जमा पनि गरियो दीप प्रज्जवलन

२५ बैशाख २०७७, बिहीबार २२:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोबिड–१९ नोबल कोरोनाको संक्रमणका कारण विभिन्न पर्वहरु ओझेलमा परेका छन् । हिन्दू समुदायको चैतेदशै, मुस्लिम समुदायको पवित्र रमजान र आज आएर बौद्ध धर्म समुदायको वुद्ध जयन्ती पनि यसको प्रभाव बन्न पुगेको छ ।

चैतेदशैको बेलामा बिभिन्न मन्दीरहरुमा हुने पूजाआजा र भिडभाड भएनन भने रमजान महिना सुरु भएसंगै मस्जिद पनि सुनसान छन् । मुस्लिम समुदायका सबैले रमजानमा गर्ने नित्य कार्य आ–आफ्नो घरमै गर्दै आएका छन् । बुद्ध पुर्णिमाको दिन पनि विभिन्न कार्यक्रम लकडाउनका कारण कुनै औपचारिक कार्यक्रम हुन सकेन ।

कोरोना भाइरसको महामारी र लकडाउनका कारण देशभर कुनै औपचारिक कार्यक्रम आयोजना भएन । सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरी वुद्ध जयन्तीमा लुम्बिनीमा अन्तर्रा्ष्ट्रिय वौद्ध सम्मेलनको कार्यक्रम राखेको थियो । तर सो सम्मेलन कोरोना महामारीकै कारण स्थगित हुन पुग्यो ।


सधै विभिन्न औपचारिक कार्यक्रम आयोजना गरी मनाईने बैद्ध जयन्तीमा यो वर्ष भने कोरोना भाइरसको महामारी रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सम्मानमा दीप बाल्न आह्वान गरीएको थियो ।
सरकारले यस वर्ष वुद्धजयन्तीमा बेलुका ७ बजे दीप बाल्न सबै देशवासीलाई आह्वान गरेको थियो । सरकारको आह्वानमा देशका धेरै ठाउँमा घरमा र सार्वजनिक स्थलमा पनि दीप बालिएको छ । नेपालगञ्जका विभिन्न स्थानमा पनि दीप प्रज्जवलन गरीएको छ ।

धम्बोझीको मस्जिद टोलका युवाहरुले कोरोना संक्रमणबाट जोगिनको लागि कामना गर्दै कोरोना भाइरसको महामारी रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्जवलन गरिएको स्थानीय जाकीर हुसेन हल्वाईले बताए ।

कोरेना बिरुद्धको संघर्षमा एक्यबद्धता प्रकट गरौ र विश्व शान्ति अग्रदुत सन्दर्भमा कोरना महामारी विरुद्धको लडाईका अग्रभागमा खटिरहेका चिकित्सक, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरु प्रति उच्च सम्मान स्वरुप, संक्रमितहरुको शीघ्र ,स्वस्थ्यलाभका लागि, मृत्युवरण गरेकाको शान्तिका लागि बैशाख २५ गते साझ दीप प्रज्जवलन गर्ने कार्यक्रम अनुसार नेपालगञ्जको घोसीटोल र एकलैनीमोडमा दीप प्रज्जवलन गरीएको थियो। जियाउल मुस्तफा कादरीबाट

Next Post

विपत् व्यवस्थापन पत्रकारिता तालिम सम्पन्न

२५ बैशाख २०७७, बिहीबार २२:१८
सदरलाइनडटकम, काठमाडौं  : नेपाल प्रेस इन्ष्टिच्यूटको आयोजना तथा बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा सम्पन्न ४० जिल्लाका ६२ पत्रकारले लकडाउनको अवस्थामा इन्टरनेट प्रविधिको प्रयोग गरेर बिहीबार एक साता लामो विपत् व्यवस्थापन तालिम पूरा गरेका छन् । यस तालिममा विपतको समयमा पत्रकारले समेट्नुपर्ने विषय र अंगीकार गर्नुपर्ने गाम्भीर्यका विषयमा विस्तृत छलफल भएको सो […]