सदरलाइनडटकम,
रोल्पा : चट्याङ लागेर रोल्पाको लुङ्ग्री गाउँपालिकामा बिहीवार दुई जनाको मृत्यु भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका २ सिर्पका ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको हो ।
बिहान साढे ८ बजे परेको चट्याङले गहुँ भित्र्याइरहेका विक र ट्वाइलेट जान लागेका पुनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अमृत घर्तीले जानकारी दिए ।
झण्डै ६० मिटरको दुरीमा रहेको दुवै घरमा क्षति पुगेको र भीमबहादुरको बाख्राको पाठासमेत मरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए ।
Next Post
बाँकेमा निषेधित क्षेत्र हटाईंदै, लकडाउनमा कडाई
२५ बैशाख २०७७, बिहीबार १४:२६
सम्बन्धित
-
११ बैशाख २०७४, सोमबार २०:३३
‘सम्झनामा डा. अरुण कोईराला’ फोटो प्रदर्शनी सुरु
-
३ मंसिर २०८०, आईतवार १४:१९
नेपालगञ्जमा अवधि भाषा र साहित्यको संरक्षणमा जोड
-
२१ असार २०७९, मंगलवार १४:२५
नेपालगञ्जमा पहिलो पटक घुँडाको जोर्नी प्रत्यारोपण
-
२६ भाद्र २०७६, बिहीबार १८:५७
ओयाजनाको डिजाईन गुणस्तर हुनुपर्नेमा जोड
-
६ पुष २०७९, बुधबार १२:०८
जनता आवास कार्यक्रम कार्यान्वयन गर्ने प्रक्रियामा खजुरा
-
२ बैशाख २०७८, बिहीबार ११:४२
कोरोना कहर : सीमा क्षेत्रमा कडाई नाम मात्रको