नेपालगञ्जमा तीन दिनका लागि निषेधाज्ञा घोषणा

२२ बैशाख २०७७, सोमबार १८:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा मंगलवारदेखि निषेधाज्ञा घोषणा गरिने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमवार बसेको सर्बदलीय बैठकले २३ गते ११ बजेदेखि २५ गते मध्यरातिसम्म निषेधाज्ञा घोषणाका लागि सिफारिस गरेको हो ।
रोगको संक्रमण पÞmैलिन नदिन कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन र स्याम्पल संकलन बढी भन्दा बढी गर्न निषेधाज्ञा घोषणा गर्न लागिएको नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले जानकारी दिए ।
यसैगरी रानीतलाउ र बिपि चोकको तरकारी मण्डि बन्द गर्ने निर्णय भएको छ । नेपालगञ्जमा १६ जना संक्रमित भेटिएपछि प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बराल नेपालगञ्ज पुगेर स्थलगत जानकारी लिएका छन् ।


Next Post

परीक्षणको दायरा बढाउन सामाजिक बिकास मन्त्री बरालको निर्देशन

२२ बैशाख २०७७, सोमबार १८:४०
सदरलाइनडटकम, नेपालगञ्ज :  पाँच नंम्बर प्रदेसका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँकेको नेपालगञ्जमा कोबिड–१९ नोबल कोरोना भाइरसका सक्रमितको संख्या एक्कासी बढेपछि परिक्षणको दायरा बढाउदै थप सक्रमण बढ्न नदिन सचेतना अपनाउन निर्देशन दिएका छन् । गत शुक्रबार नेपालगञ्जका एक ६० वर्षे पुरुषमा देखिएको कोरोना संक्रमण आईतबारसम्म उनको सम्पर्कमा आएका परिक्षण गर्दा […]

सम्बन्धित