डुडुवा ६ पूर्णरुपमा लकडाउन

२२ बैशाख २०७७, सोमबार १७:४८
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : नेपालगञ्जमा कोरोना संक्रमितको संख्या एक्कासी बढेलगत्तै उपमहानगरसँग सीमा जोडिएको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियालाई पूर्णरुपमा लकडाउन गर्न लागिएको छ ।
वडाध्यक्ष मोहनराम मिश्रको अध्यक्षतामा सोमवार बसेको सर्वदलीय बैठकले मुख्य मार्गबाहेक गाउँटोललाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो । स्थानीय राजनीतिक दलका प्रतिनिधी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको उपस्थिती रहेको बैठकमा एक टोलबाट अर्को टोलमा आवत जावतमा कडाई गर्ने, स्वयंसेवक गठन गरि परिचालन गर्ने निर्णय भएको छ ।
यस्तै मन्दिर–मस्जिदमा रहेको साउण्ड सिस्टमबाट वडाबासीलाई जानकारी गराइने र कृषि उत्पादनको समाधानका लागि जिल्ला प्रशासन कार्यालय बाँके तथा कृषि ज्ञान केन्द्रसँग पहल गरी व्यवस्थापन गर्ने निर्णय भएको वडाध्यक्ष मिश्रले बताए ।

Next Post

नेपालगञ्जमा तीन दिनका लागि निषेधाज्ञा घोषणा

२२ बैशाख २०७७, सोमबार १७:४८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा मंगलवारदेखि निषेधाज्ञा घोषणा गरिने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमवार बसेको सर्बदलीय बैठकले २३ गते ११ बजेदेखि २५ गते मध्यरातिसम्म निषेधाज्ञा घोषणाका लागि सिफारिस गरेको हो । रोगको संक्रमण पÞmैलिन नदिन कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन र स्याम्पल संकलन बढी भन्दा बढी […]