नेपालगञ्जमा अनुगमन, म्याद नाघेको सामान नष्ट

२१ बैशाख २०७७, आईतवार १४:३२
 

सदरलाइनडटकम,
नेपालगञ्ज : संयुक्त बजार अनुगनम समितिले नेपालगञ्जका बिभिन्न पसलको अनुगमन गरेको छ । समितिले आइतवार गरेको संयुक्त अनुगमनका क्रममा केही पसलबाट भेटिएका अखाद्य बस्तु नष्टसमेत गरेको छ ।
समितिले नेपालगञ्ज बसपार्कस्थित मेची काली सप्लायर्समा भेटिएको म्याद नाघेको मसला नष्ट गरेको हो । सप्लायर्सबाट करीब १० बढि प्याकेट म्याद नाघेको सब्जी मसला तथा दालमोट भेटिएको अनुगमन समितिले जनाएको छ । भेटिएको अखाद्य बस्तु व्यवासायीद्वारानै नष्ट गराइएको छ ।
लकडाउनको समयमा खाद्यान्नमा कालोबजारी हुनसक्ने भन्दै अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य बसन्त गौतमले बताए । समितिले नेपालगञ्जको त्रिभुवन चोक, भाटभटेनी सुपरमार्केटको अनुगमन गरेको थियो ।
टोलीमा नेपालगञ्ज उपमहानगरपालिका, बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Next Post

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण

२१ बैशाख २०७७, आईतवार १४:३२
सदरलाइनडटकम, काठमाण्डौ : नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जनाएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६० पुगेको छ । उनको शुक्रवार स्वाब संकलन गरिएको […]