आज विश्व प्रेस स्वतन्त्रता दिवस

२१ बैशाख २०७७, आईतवार १४:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नाराका साथ मनाईंदैछ । विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा मे ३ का दिन मनाउन थालिएको हो ।
यसवर्षको विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस कोरोनाका कारण विगतका जस्तो भौतिक रुपमा सहभागी भइ कार्यक्रम गर्ने अवस्था भने छैन । तैपनि डिजिटल संवाद, छलफल तथा सञ्चार माध्यममा सामग्री प्रकाशन प्रसारण मार्फत दिवस मनाइँदैछ ।
दिवसका अवसरमा नेपाल पत्रकार महासंघले आज दिउँसो १ बजे विशेष डिजिटल संवाद कार्यक्रम गरेको छ । सो कार्यक्रम मार्फत दक्षिण एशियाको प्रेस स्वतन्त्रताका अवस्थाबारे अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) को अनुगमन प्रतिवेदन सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
महासंघका अनुसार ०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन् । घटनामा ९४ पत्रकार तथा तीनवटा सञ्चार संस्था पीडित भएको महासंघले जनाएको छ ।

Next Post

नेपालगञ्जमा अनुगमन, म्याद नाघेको सामान नष्ट

२१ बैशाख २०७७, आईतवार १४:११
सदरलाइनडटकम, नेपालगञ्ज : संयुक्त बजार अनुगनम समितिले नेपालगञ्जका बिभिन्न पसलको अनुगमन गरेको छ । समितिले आइतवार गरेको संयुक्त अनुगमनका क्रममा केही पसलबाट भेटिएका अखाद्य बस्तु नष्टसमेत गरेको छ । समितिले नेपालगञ्ज बसपार्कस्थित मेची काली सप्लायर्समा भेटिएको म्याद नाघेको मसला नष्ट गरेको हो । सप्लायर्सबाट करीब १० बढि प्याकेट म्याद नाघेको […]