लकडाउनका बीच सडकको शिलान्यास

  
  प्रकाशित मितिः बुधबार, बैशाख १७, २०७७       | 205 Views   ||

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाको नहरचोकदेखि साहदतपुर जोड्ने सडकको बुधवार शिलान्यास गरिएको छ । गाउँपालिका वडा नं. ४ मा पिप्रहवा नहरचोक लिङ्करोडको सहायक रोडका रुपमा निर्माण गर्न थालिएको सडकको गाउँपालिका अध्यक्ष रामनिवास यादवले शिलान्यास गरेका हुन् ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीले विकासका काम प्रभावित हुन नदिन काम शुरु गरिएको उनले बताए । एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी भैरवनारायण जेवीले ठेक्का पाएको छ ।
गाउँपालिकाको डेढ करोड र प्रदेश सरकारको डेढ करोड गरी तीन करोड लगानीमा सडक निर्माण शुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । कुल दुई किलोमिटर लम्वाई रहेको सडकको चार मिटर चौडाई रहने छ । त्यसमध्ये पौने ४ मिटर कालोपत्रे गरिने प्राविधिक प्रमुख निसार अहमद दर्जीले बताए ।

प्रकाशित मितिः बुधबार, बैशाख १७, २०७७     2:30:21 PM  |
error: Content is protected !!