गाई काटेको आरोपमा बाँकेमा दुईजना पक्राउ

१६ बैशाख २०७७, मंगलवार १७:२२
 


सदरलाइनडटकम,
नरैनापुर (बाँके) : गाई काटेको आरोपमा बाँकेमा दुईजना पक्राउ परेका छन् । नरैनापुर गाँउपालिकामा मंगलवार बिहान ९ बजे गाई काट्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले दुईजनालाई पक्राउ गरिएको बताए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न भएको आरोपमा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको र अन्य केही फरार भएको सिग्देलले जानकारी दिए ।
पक्राउ परेका ब्यक्तिको घरमा राखिएको मासु बरामद गरी परीक्षणका लागि नेपालगञ्जस्थित प्रयोगशाला पठाईएको सिग्देलले बताए ।

Next Post

लकडाउनको ३६ औ दिनको नेपालगञ्ज फोटो कथा सहित

१६ बैशाख २०७७, मंगलवार १७:२२
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोनाको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको ३६ औ दिन पुग्दा सरकारले लकडाउनलाई थप कडाइ गर्ने भनेपनि नेपालगञ्जमा भने लकडाउनको पूर्णपालना हुन सकेको छैन् । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि मुलुकलाई लकडाउन घोषणा गरेको थियो । पटकपटक थप गर्दै बैशाख २५ […]