लकडाउनको ३६ औ दिनको नेपालगञ्ज फोटो कथा सहित

१६ बैशाख २०७७, मंगलवार १७:३३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोनाको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको ३६ औ दिन पुग्दा सरकारले लकडाउनलाई थप कडाइ गर्ने भनेपनि नेपालगञ्जमा भने लकडाउनको पूर्णपालना हुन सकेको छैन् ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि मुलुकलाई लकडाउन घोषणा गरेको थियो । पटकपटक थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन कायमै हुने सरकारले निर्णय गरिसकेको छ । तर बाँकेमा भने दिउँसो चारबजे पछिमात्र लकडाउन हुने गरेको छ ।

विहानदेखि दिउँसोको समय बजारमा मानिसहरुको चहलपहल सामान्य दिनमा झै देखिने गरेको छ । पसलहरुमा अधिकांश खुल्ने गरेका छन् । प्रहरी प्रशासन चारबजे पछि मात्र लकडाउन कार्यान्वयन गराउन क्रियाशिल देखिने गरेको छ ।


लकडाउनका समयमा अत्यावश्यक खाद्यान्न, तरकारी, दुग्ध व्यवसाय, औषधी पसल बाहेक अन्य पसल खोल्न पाईदैन् । तर नेपालगन्जमा किराना पसलदेखि कष्मेटिक पसलसम्म निर्वाध खुलिरहेका छन् । अत्यावश्यक काम बाहेक नागरिकहरुलाई घरबाहिर ननिस्कन भनिएपनि दिउँसोको समयमा निर्वाध मानिसहरु सडक, बजार, चोकमा हिडिरहेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले लकडाउन कार्यान्वयन गराउन प्रहरी प्रशासन प्रतिबद्धत रहेको बताए । उनले अत्यावश्यक काम बाहेक मानिसहरु घर बाहिर ननिस्केको दावी गरे पनि दिउँसोको समयमा नेपालगञ्ज बजार अन्य सामान्य दिनजस्तै देखिने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी खड्काले भीडभाड बढी हुन लागेरै चार बजेदेखि औषधि पसल बाहेक अन्य सवै बजार व्यवसाय बन्द गरेको जीकिर गरे ।

Next Post

बाँकेमा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन पहल गर्दै राहत वितरणमा कडा अनुगमन गरिने

१६ बैशाख २०७७, मंगलवार १७:३३
सदरलाइनडटकम, नेपालगञ्ज :  जिल्ला समन्वय समिति बाँकेले जिल्लामा कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री अभाव हुन नदिन पहल तत्काल गर्न माग गरेको छ । मंगलबार जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा बसेको उपलब्ध प्रदेश सभा सदस्यसहितको बैठकले जिल्लामा स्वास्थ्य सामग्री अभाव रहेको निश्कर्ष […]

सम्बन्धित