रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

१६ बैशाख २०७७, मंगलवार १३:२८
 

सदरलाइनडटकम,
रौतहट : रौतहटको थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए ।
दुबैको काठमाण्डौको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।
जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी शुरु भएको छ ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । काठमाण्डौबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।
सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन् । (अनलाइनखबरबाट)

Next Post

गाई काटेको आरोपमा बाँकेमा दुईजना पक्राउ

१६ बैशाख २०७७, मंगलवार १३:२८
सदरलाइनडटकम, नरैनापुर (बाँके) : गाई काटेको आरोपमा बाँकेमा दुईजना पक्राउ परेका छन् । नरैनापुर गाँउपालिकामा मंगलवार बिहान ९ बजे गाई काट्दै गरेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले दुईजनालाई पक्राउ गरिएको बताए । खबर पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न […]