खजुरालाई बिएमडिएमआईले दियो स्वास्थ्य सामाग्री

१४ बैशाख २०७७, आईतवार १२:४९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकालाई बाबटिस्ट मेडिकल एण्ड डेन्टल मिसन इन्टरनेसनल बिएमडिएमआइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन खजुरा गाउँपालिकाले प्रयोग गर्ने गरी बाबटिस्ट मेडिकल एण्ड डेन्टल मिसन इन्टरनेसनल बिएमडिएमआइले १ नम्बर पिपिइ २५ थान, २ नम्बर पिपिइ ७५ थान, थर्मलगन ४ थान, एन ९५ मास्क ५० थान र सामान्य मास्क १५० थान प्रदान गरेको हो ।


खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले स्वास्थ्य सामाग्री बुझ्दै सो सामाग्री उपयुक्त ठाउँमा प्रयोग गरिने बताए । प्रमुख कक्षपतिले अधिकांश सामग्री आइसोलेसन अस्पतालमा प्रयोग गरिने बताए ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहदुर केसी, योजना अधिकृत दिल बहादुर पौडेल, स्वास्थ्य शाखा प्रमुख पुर्ण खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीको सहभागिता रहेको कार्यक्रममा बिएमडिएमाआइका बिनोदले सो सामग्री हस्तान्तरण गर्दै सही सदुपयोग गर्न आग्रह गरे ।

Next Post

नेपालमा कोराना संक्रमितको संख्या ५१ पुग्यो, १६ जना निको

१४ बैशाख २०७७, आईतवार १२:४९
सदरलाइनडटकम, काठमाण्डौ : पर्साको वीरगञ्जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार […]