कारकादाेमा राहतमा पाएकाे चामलसमेत चाेरी

१४ बैशाख २०७७, आईतवार ११:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लकडाउनकाे बेलामा नेपालगञ्जकाे कारकादाे चाेकनजिक शनिबार राती एक चिया नास्ता पसलमा चोरी भएको छ ।

नेपालगञ्जको कारकादो चोक नजिकै रहेको आशिष् नास्ता पसलमा चोरी भएको पसल संचालिका लक्ष्मी पौडेलले जानकारी दिइन ।


‘चिया नास्ता पसल चलाएर गुजारा गरिरहेकी थिएँ, आज राती चोरले पसलको ढोका फोडेर अन्य सामान सहित राहतमा पाएको चामल समेत लग्दियो । अब के खाने ? कसरी गुजारा चलाउने’ पौडेलले भनिन ।

उनले चोरले पसलमा भएको राहतमा पाएको दाल चामल, भरेर राखेको सिलिन्डर ग्यास, साइकल तथा प्रेसर कुकर सहितका भाडाकुडा लगेकाे बताइन ।

लकडाउनकाे कारण पसल बन्द गरेर डेरामा बसेकाे बेलामा चाेरी भएको हाे ।

Next Post

खजुरालाई बिएमडिएमआईले दियो स्वास्थ्य सामाग्री

१४ बैशाख २०७७, आईतवार ११:२५
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकालाई बाबटिस्ट मेडिकल एण्ड डेन्टल मिसन इन्टरनेसनल बिएमडिएमआइले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन खजुरा गाउँपालिकाले प्रयोग गर्ने गरी बाबटिस्ट मेडिकल एण्ड डेन्टल मिसन इन्टरनेसनल बिएमडिएमआइले १ नम्बर पिपिइ २५ थान, २ नम्बर पिपिइ ७५ थान, थर्मलगन ४ […]

सम्बन्धित