प्रहरी जवानको सडक दुर्घटनामा मृत्यु

१३ बैशाख २०७७, शनिबार ०९:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाईनमा डियूटी सकेर घर जाने क्रममा शनिबार बिहान एक प्रहरी जवानको सडक दुर्घटनामा परेर मृत्यु भएको छ ।

 दशगजाको क्वारेन्टाईनमा रहेको डुयुटी सकरे घर जानेक्रममा शनिबार बिहान प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै रोड डिभाईडरमा ठोक्किएर मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरिक्षक हृदयन्द्र सापकोटाले शनिबार बिहान २ : ५५ बजेको समयमा डिभाईडरमा ठोक्किएर प्रहरी जवान सार्कीको मृत्यु भएको जानकारी दिए । उनले घटनाको अनुसंन्धान भईरहेको बताए ।

Next Post

चट्याङबाट बैतडीमा तीनजना घाइते

१३ बैशाख २०७७, शनिबार ०९:२२
सदरलाइनडटकम, बैतडी : चट्याङ लागेर बैतडीमा तीनजना घाइते भएका भएका छन् । डिलाशैनी गाउँपालिका ६ कुय्यादहका १८ वर्षीया हेमन्ती लुहार, १८ वर्षीया सुनिता लुहार र ४५ वर्षीया भुरी लुहार रहेका प्रहरीले जनाएको छ । चट्याङबाट उनीहरुको शरीर जलेको छ । घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हेमन्तीको […]