कैलालीमा एक शिक्षक मृत फेला

१२ बैशाख २०७७, शुक्रबार १०:३३
 

सदरलाइनडटकम,
कैलाली : कैलालीमा एक जना शिक्षक मृत फेला भेटिएका छन् । गौरीगंगा नगरपालिका ९ मसुरियास्थित बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुषाल मृत भेटिएका हुन् । गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्षीय भुषाल पूर्वपश्चिम राजमार्गको पहलवानपुर बजारबाट एक किलोमिटर पश्चिम मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बिहीवार राती साढे १० बजे उनको शव पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको बताए । मृतकको आँखा, मुख र घुडामा चोट देखिएको बताउँदै प्रहरी नायब उपरीक्षक बस्नेतले घटनास्थलमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टको टोली पुगेर अनुसन्धान थालेको बताए ।
बिहीवार बेलुका एकजना साथीले बोलाएपछि उनी मसुरियाबाट ८ किलोमिटर पूर्वतर्फ रहेको पहलवानपुर बजार तर्फ गएका थिए । पहलवानपुरको एक होटेलमा साथीसंगै मदिरा सेवन गरेपछि भुषाल राती साढे आठ बजे जङ्गलको बाटो हुँदै साइकलमा घर फर्कदै गर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि भन्दै प्रहरीले साथीसहित होटल सञ्चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

Next Post

बाँके बर्दियामा कृषि एम्बुलेन्स सञ्चालनमा

१२ बैशाख २०७७, शुक्रबार १०:३३
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका कारण कृषि उपज बजारीकरण गर्ने उद्देश्यले बाँकेमा शुक्रबारदेखि कृषि एम्बुलेन्स सेवा सन्चालनमा ल्याईएको छ । पाँच नंम्बर प्रदेस सरकारको कृषि भुमिव्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग र जिल्ला तथा प्रदेस सहकारी संघको समन्वयमा प्रदेसका १२ वटै जिल्लामा यस्तो सेवा […]