सदरलाइनडटकम,
नेपालगञ्ज : प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) प्रदेश न ५ ले अटोमेटिक सेनेटाईजिङ्ग टलेन निर्माण गरि भेरी अस्पताल नेपालगञ्जलाई हस्तान्तरण गरेको छ ।
(पिन) प्रदेश न ५ को पहलमा नेपालगञ्जको भेरी अस्पतालमा उपचारमा आउने सर्बसाधारणबाट कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमण नफैलियोस भनेर सो अटोमेटिक सेनेटाईजिङ्ग टलेन निर्माण गरि हस्तान्त्रण गरीएको हो ।
प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) प्रदेश न ५ का अध्यक्ष इन्जिनियर जीवन अर्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नेकपा बाँके जिल्ला अध्यक्ष तथा प्रदेश ५ का प्रदेश सभा सदस्य आईपी खरेलले भेरी अस्पतालका मेसु डा. प्रकाश बहादुर थापालाई हस्तान्त्रण गरेका हुन ।
पीनका प्रदेश ५ सचिबालय सदस्य ई बिबेक लामिछानेले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा अटोमेटिक सेनेटाईजिङ्ग टलेनको बारेमा जानकारी ई खुमलाल बिसीले जानकारी गराएका थिए ।
सो अवसरमा नेकपा प्रदेश कमिटी सदस्य अक्कल बहादुर बम, नबिन शर्मा, नेकपा नेपालगञ्ज नगर अध्यक्ष डिल्लीबराल, सचिब दत्त आचार्य, प्रदेश ५ मुख्यमन्त्रीका स्वकीय सचिब सुरज गौतम, प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल (पिन) को तर्फबाट केन्द्रीय सचिबालय सदस्य ई बिजय बिस्ट, केन्द्रीय सदस्य ई बलराम पौडेल, प्रदेश ५ सचिबालय सदस्य ई बिबेक लामिछाने, ई खुमलाल बिसी लगायत इन्जीनियरहरुको उपस्थिति रहेको थियो ।