बाँकेमा फौजिकीराको प्रकोपका कारण बसन्ते मकै नष्ट

११ बैशाख २०७७, बिहीबार ०८:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेका किसानले लगाएको बसन्ते मकैमा फैजिकिराको प्रकोप देखिएको छ । धानखेतीमा फौजिकिराको प्रकोप व्यहोरेका बाँकेका किसानहरु बसन्ते मकैमा पनि सोही समस्या प्रकोपकै रुपमा व्यहोर्न बाध्य भएका छन् ।

बाँकेको डुडुवा गाँउपालिका वडानं ६ हिरमिनियाका किसानले लागाएको बसन्ते मकैमा लागेको फौजिकिराले सय बढी विगाहको बसन्ते मकै नष्ट पारेको छ । कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोखिन आव्हान गरिएको लकडाउनका कारण फौजिकिराबाट जोगिन उपचार नपाउदा किसानको खेतमा लगाईएको मकै नष्ट भएको हो ।

हिरमिनियाँका किसान जयपाल मौर्यले ४ विगाहा जमिनमा लगाएको बसन्ते मकै अमेरिकन फौजिकिराले सखाप पारेको छ । अहिले झन कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जोगिन देश लकडाउनमा गईसकेपछि पाक्ने बेलाको मकैले बजार नपाउने चिन्ता भन्दा पनि मकैको बोटमा लागेको फौजिकिराले बारी नै सखाप पार्दा लागत नै नउठ्ने पो हो कि भन्ने चिन्ताले सताएको बताए ।

उनले भने–‘पाकेर बजारमा बेच्ने बेलाको मकैको बोटमा लागेको फौजिकीराको कारण फाईदा कमाउने भन्दापनि लगानी पो सुरक्षित हुने होकी होईन भन्ने चिन्ताले सताएको छ ।’ उनले कोसा लाग्ने बेलामा फौजिकिराले बुटाको गुबो खाएर बोट नै मार्ने गरेको कारण मकैमा गरेको लगानी खेर जाने भएको बताए ।


हिरमिनियाकै श्यामलाल मौर्यले लकडाउनका कारण पाक्ने बेलको मकै कतै धानचउर गर्ने बेलाको मकैको बोटमा प्रकोपको रुपमा फौजिकिरा फैलिएपछि फौजिकिराको प्रकोपबाट जोगिने उपाय बारे कृषि विज्ञलाई जानकारी गराउन नपाएको गुनासो गरे । ‘कृषि कार्यालयसम्म जाउ भने पनि लकडाउनको कारणले हिडडुल गर्न पाईदैन । नजाउ भने पनि बर्षभरीको कमाई आँखै अगाडि नष्ट भएको छ । के गरौ के नगरौ मनमा शान्ति छैन’–उनले आफ्नो पिरलो यसरी पोखे ।

धान खेतमा पनि हिरमिनिया लगायत बाँके बर्दियामा अमेरीकन फौजिकिराको प्रकोप फैलिएको थियो । सोही समस्या अहिले बसन्ते मकैमा पनि फैलिएपछि किसानहरु समस्यामा परेका हुन ।
कृषि ज्ञान केन्द्र नेपालगञ्ज कार्यालयका प्रमुख सागर ढकालका अनुसार बाँकेमा २ हजार ४ सय ५० हेक्टर र बर्दियामा ३ हजार ९ सय हेक्टर जमिनमा बसन्ते मकै खेती गरिएकोमा करिव ७० प्रतिशत खेतीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको कार्यालयमा जानकारी आएको बताए ।
उनले नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनको कारण किसानलाई सिफारिस गरिएको विषाधी पनि नपाईएको र बैकल्पिक विषाधिले काम नगरेको कारण फौजिकिराको प्रकोप रोक्न कठिन भएको जानकारी दिए ।

लकडाउनको कारण किसान कृषि ज्ञान केन्द्रसम्म पुगेर बिज्ञसंग आफ्नो समस्या राख्न नसकेको र फौजिकिरा नष्ट गर्नको लागि आवश्यक विषादी पनि नपाईदा पनि पाक्ने बेलाको बालि नष्ट आफ्नै आँखा अगाडि नष्ट हुँदापनि किसान भने टुलुटुलु हेरेर बस्न बाध्य छन ।

Next Post

प्रदेश सांसद नमुनाद्वारा राप्तीसोनारी र नरैनापुरलाई राहत हस्तान्त्रण

११ बैशाख २०७७, बिहीबार ०८:०१
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनको कारण प्रभावितलाई ५ नं. प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना) को पहलमा राप्तिसोनारी गाउपालिकाको वाडा नं. ६, ७ र नरैनापुर गाउँपालिकालाई राहत हस्तान्तरण गरिएको छ । सांसद नमुनाले राप्तिसोनारीको वाडा नं. ६ र ७ मा ५०/५० प्याकेटज […]