जमातीहरुलाई आरडीटी गराउन मुस्लिम संघको अपील

१० बैशाख २०७७, बुधबार १४:२०
 

सदरलाइनडटकम,
काठमाण्डौ : मुस्लिम संघ नेपालले तब्लिकी जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपील गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपील गरेको हो ।

संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिकी अगुवाहरुलाई जुन जिल्लामा भए पनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गरे । अध्यक्ष सतारले तब्लिकी जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह गरे । जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिँड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उनको भनाई थियो । विशुद्ध धार्मिक कार्यक्रम भएकाले जमातीहरुलाई छुनै नहुने, उनीहरुको बाटो हिँड्नै नहुने भन्ने धारणा त्याग्न पनि उनले सबैमा आग्रह गरे ।


कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उनले नेपाल सरकारले घोषणा गरेको लक डाउनका पालना गर्दै सामाजिक दूरी कायम गर्न सबैमा सुझाव दिए । अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दूरी कायम गरेर पढ्न आग्रह गरे ।

Next Post

नेपालमा कोरोनाका थप तीन बिरामी भेटिए

१० बैशाख २०७७, बुधबार १४:२०
सदरलाइनडटकम, काठमाण्डौ : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । बीपी प्रतिष्ठानको […]