जानकीमा एकद्वार प्रणालीबाट राहत वितरण

१० बैशाख २०७७, बुधबार १४:०८
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाका सबै वडामा लकडाउनबाट प्रभावित नागरिकलाई एकद्वार प्रणालीबाट राहत वितरण कार्य शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले प्रभावित विपन्न जनतालाई गाउँपालिकाले एकद्वार प्रणालीका आधारमा वडाकार्यालय मार्फत राहत वितरण शुरु गरेको हो ।
वडा नं. १ साईगाउँले मंगलवारदेखि शुरु गरेको राहत वितरण कार्य बुधवार सकिने वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए । लकडाउनका कारण प्रभावित दैनिक ज्यालादारी कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई भोकै हुन नदिन वडाबाट सङ्कलन भईआएका तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताए ।
गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले गाउँपालिकाले कोरोना नियन्त्रण तथा राहत बितरण कार्यविधि–२०७६ को मापदण्डअनुसार प्रत्येक वडापालिकाले आ–आफ्ना वडामा रहेका ज्यालादारी मजदुरी गर्ने तथा बिपन्न गरिव परिवारको अभिलेखका आधारमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिसमेतको रोहवरमा वडा कार्यालयबाट राहत वितरण गर्ने कार्य भईरहेको जानकारी दिइन् ।
गाउँपालिकाका तीन हजार १२ घरधुरीलाई अत्यावश्यकीय खाद्य सामग्री वितरण कार्य भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । राहत प्याकेजमा ५ जना परिवार सदस्य सङ्ख्या रहेकोलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिन दिईने छ ।
पाँच जनाभन्दा बढी परिवार सदस्य सङ्ख्या रहेको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन र एक प्याकेट सोयाबिनका दरले बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए ।

Next Post

जमातीहरुलाई आरडीटी गराउन मुस्लिम संघको अपील

१० बैशाख २०७७, बुधबार १४:०८
सदरलाइनडटकम, काठमाण्डौ : मुस्लिम संघ नेपालले तब्लिकी जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपील गरेको छ । जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन संघले अपील गरेको हो । संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिकी अगुवाहरुलाई जुन […]