जेसिजद्वारा नेपालगञ्जलाई खाद्यान्न सहयोग

९ बैशाख २०७७, मंगलवार १९:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज जेसिजले राहतस्वरुप खाद्यान्न उपलब्ध गराएको छ । जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठले राहतस्वरुप चामल, दाल र तेल नेपालगञ्ज उपमहानगरपालिका हस्तान्तरण गरेका हुन् । २५ केजीको १३ बोरा चामल, २५ केजिको २ बोरा दाल र ५ पोका तेल उपमहानगरपालिकालाई प्रदान गरिएको हो ।
समस्यमा रहेका मजदुर, किसान, विपन्न बर्ग, विद्यार्थीहरुलाई वितरण गर्नका लागि नेपालगञ्ज उपमहानगरलाई प्रदान गरिएको जेसिजका अध्यक्ष श्रेष्ठले जानकारी दिए । आगामी दिनमा पनि नेपालगञ्ज जेसिजका सदस्यहरुबाट आवश्यक परेको ठाउँमा सक्रियताको साथ उभिने उनले बताए ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा जेसिजका महासचिव माधब बेलबासे, उपाध्यक्ष आशिष आनन्द, सदस्य हिमान्चल बर्नवाललगायतको उपस्थिति रहेको थियो ।

Next Post

अस्पताललाई तिर्ने पैसा नभएपछि निको हुँदा पनि अस्पतालकै बेडमा

९ बैशाख २०७७, मंगलवार १९:१६
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर–२ का एक बालक उपचार सकिदा पनि अस्पताललाई तिर्न पर्ने रकमको अभावमा अस्पतालमै बस्नु परेको छ । यतिबेला कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको कारण अस्पतालमा अत्यन्त जटिल बिरामी बाहेक अरु डिस्चार्ज हुँदै गरेको अवस्थामा कोहलपुर–२ का छत्र विकको उपचार सफल भएपनि अस्पताललाई तिर्ने पैसाको अभावका […]

सम्बन्धित