अवैध उत्खनन गर्ने जेसीबी नियन्त्रणमा

९ बैशाख २०७७, मंगलवार १४:०१
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : लकडाउनको मौका छोपी अवैध उत्खनन गर्दै गरेका जेसीबी र टिपरसहित चालकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कम्दीबाट गएको टोलीले सोमवार राती २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती बगरबाट नियन्त्रणमा लिएको हो ।
पानी परेको समयमा राप्तीमा बालुवा उत्खनन गर्न लागेका टिपर र जेसीबी नियन्त्रणमा लिइएको प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार पन्तले जानकारी दिए । एउटा टिपर भने फरार भएको उनले बताए ।

Next Post

नेपाल आउने ट्रक सेनिटाईज गरेर प्रवेश गराउदै

९ बैशाख २०७७, मंगलवार १४:०१
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन नेपाल भारत सीमा शिल हुँदा पनि अत्यावश्यक सामान बोकेका मालबाहक ट्रकको आवगमन भने सुचारु छ । भारतबाट अत्यावश्यक सामान बोकेर आएका यस्ता मालबाहक ट्रकलाई नेपाल प्रवेश अघि जमुनाह नाकामा सेनिटाईज गरेर मात्र प्रवेश गराउने गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाबाट […]