जानकीद्वारा राहत बितरण शुरु

८ बैशाख २०७७, सोमबार १६:१७
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित नागरिकलाई सोमवारदेखि राहत वितरण शुरु गरेको छ । गाउँपालिकाको वडा नं. ४ खजुराखुर्द र वडा नं. ५ बेलहरीमा दैनिक कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई राहत वितरण शुरु गरिएको अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।
उनका अनुसार वडाबाट सङ्कलन भएका तथ्याङ्कका आधारमा वास्तविक प्रभावितहरुलाई विवादरहित तरिकाले सम्बन्धित वडा कार्यालयहरुबाटै राहत वितरण गर्न थालिएको छ । वडा नं. ६ गनापुर, वडा नं. ३ इन्द्रपुर, वडा नं. २ बेलभार र वडा नं. १ साईगाउँमा मंगलवारबाट राहत वितरण गर्ने उपाध्यक्ष भूमिसरा धितालले बताइन् ।
गाउँपालिकाका तीन हजार १२ घरधुरीलाई अत्यावश्यकीय खाद्य सामग्री वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीको भनाई छ । राहत प्याकेजमा ५ जना परिवार सदस्य संख्या रहेकालाई १५ किलो चामल, २ किलो दाल, १ लिटर खाने तेल, १ किलो नुन र एक प्याकेट सोयाबिन दिईने छ ।
पाँच जनाभन्दा बढी परिवार सदस्य संख्या रहेको परिवारलाई २५ किलो चामल, ३ किलो दाल, २ लिटर खाने तेल, १ किलो नुन र एक प्याकेट सोयाबिनका दरले बितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खत्रीले बताए ।

Next Post

विराटनगरको ल्याब परीक्षणमा आठजना कोरोना पोजेटिभ

८ बैशाख २०७७, सोमबार १६:१७
सदरलाइनडटकम, काठमाण्डौ : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको हो । कोशी अस्पतालको परीक्षणमा ती ८ जनालाई पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]