किराना पसलमा आगलागी, एकको मृत्यु, तीन घाइते

८ बैशाख २०७७, सोमबार १६:००
 

सदरलाइनडटकम,
बुटवल : गुल्मीस्थित किराना पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चामलक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो ।
आगलागीमा परेर सोही परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इञ्चार्ज रामप्रसाद धबलले जानकारी दिए । पसलबाट डिजल, पेट्रोलसमेत बिक्री गर्दै आएकाले आगो निभाउन समय लागेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ ।

Next Post

जानकीद्वारा राहत बितरण शुरु

८ बैशाख २०७७, सोमबार १६:००
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनका कारण प्रभावित नागरिकलाई सोमवारदेखि राहत वितरण शुरु गरेको छ । गाउँपालिकाको वडा नं. ४ खजुराखुर्द र वडा नं. ५ बेलहरीमा दैनिक कामगरी खाने श्रमिक र विपन्न समुदायका नागरिकलाई राहत वितरण शुरु गरिएको अध्यक्ष रामनिवास यादवले जानकारी दिए […]