क्यानडामा गोली हानेर दश जनाको हत्या

८ बैशाख २०७७, सोमबार १४:१६
 

सदरलाइनडटकम,
काठमाण्डौ : क्यानडामा एक ग्रामिण क्षेत्रमा गोली हानेर दश जनाको हत्या गरिएको छ । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा प्रहरीको पोशाक लगाएका एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको हो ।
प्रहरी कारवाहीमा आक्रमणकारी पनि मारिएका छन् । आक्रमणकारी भने १२ घण्टाको प्रयासपछि मारिएका हुन् । घटनामा मारिनेको संख्या अझै बढ्नसक्ने अनुमान प्रहरीको छ । नोवा स्कोटियाको ग्रामिण शहर पोर्टा्पिकमा बन्दुकधारी शनिवार राति घुसेको सूचना पाएपछि प्रहरीले स्थानीयलाई घरबाट बाहिर ननिस्किन भनिएको थियो ।
प्रहरीबाट भाग्दै, लुक्दै बन्दुकधारीले आइतवार धेरै स्थानमा गोली हानेर १० जनाको हत्या गरेको बीबीसीले जनाएको छ । आक्रमणकारी ५१ वर्षीय गेब्रियल वार्टम्यान रहेको र प्रहरीको जस्तै देखिने गाडी प्रयोग गरेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री जस्टिज ट्रुडोले घटनालाई ‘निकै दुःखद’ को संज्ञा दिएका छन् ।
नोवा स्कोटियाका प्रिमियम स्टिफन म्याकलिनले भने प्रान्तकै इतिहासमा सबैभन्दा दुःखद घटनामध्ये एक हो भनेका छन् । व्यक्तिगतरुपमा बन्दुक राख्ने कानुन छिमेकी अमेरिकामा भन्दा निकै कडा रहेको क्यानडामा गोलीकाण्डका घटना कमै हुने गर्दछन् । (एजेन्सी)

Next Post

किराना पसलमा आगलागी, एकको मृत्यु, तीन घाइते

८ बैशाख २०७७, सोमबार १४:१६
सदरलाइनडटकम, बुटवल : गुल्मीस्थित किराना पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चामलक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो । आगलागीमा परेर सोही परिवारका तीन जना घाइते भएको […]