लगडाउनमा थप कडाई गर्दै खजुरा

७ बैशाख २०७७, आईतवार १७:०९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकाले लगडाउनलाई थप कडाईका साथ अगाडि बढाएको छ । भारतसंग जोडिएको र अन्य पालिका तथा जिल्लासंग जोडिएका नाकाहरुमा कडाई गर्नुका साथै भारतबाट आयात हुने तरकारीमा पनि रोक लगाएको छ ।
कोरोनाको जोखिम बढ्दै गइरहेको भन्दै कुनै पनि लापरवाही हुन नदिन खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले सुरक्षा निकाय तथा स्वास्थ्यका कर्मचारीलाई निर्देशन दिएका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ राधापुर क्षेत्र भारतसंग जोडिएकाले त्यहाँ सशस्त्र प्रहरी तथा राधापुर चौकीले निगरानी बढाएका छन् भने स्वयमसेवक दस्ता पनि परिचालित हुने गरेको छ ।
पश्चिम क्षेत्र मानखोलाले छुट्याएको छ र बर्दिया जिल्लासंग सीमा जोडिएको छ त्यहाँ पनि नेपाल प्रहरीले निगरानी बढाएको छ । पूर्वी, उतरी र अन्य नाकाहरुमा आवतजावतमा कडाई गरिएको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले जानकारी दिए । बेलाबेलामा सीमा क्षेत्रमा आफै पुग्ने गरेका प्रमुख कक्षपतिले सशस्त्र प्रहरी, नेपाल प्रहरीलाई नाकाबाट पूर्णरुपमा आवतजावत रोक्न निर्देशन दिएका छन् ।
खजुरा क्षेत्रका किसानहरुले उत्पादन गरेको तरकारी, दुध तथा कुखुरा लगायतका कृषि उत्पादनको बजारीकरणका विषयमा खजुरा क्षेत्रका अगुवा कृषक र कृषि सहकारीका प्रमुखसंगको छलफल राखेर खजुरामै कृषि उपजको खपत गर्ने विषयमा जोड दिइएको छ ।

Next Post

खजुरा क्वारेनटाइनमा बस्ने घट्दै

७ बैशाख २०७७, आईतवार १७:०९
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नं. १ राधापुरस्थित मैटहवा माविमा सञ्चालित क्वारेनटाइनमा हाल ७ जना मात्र रहेका छन् । उक्त क्वारेनटाइनको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष देविलाल खनालका अनुसार ६२ जना क्वारेनटाइनमा आएकोमा अवधी पूरा गरेर स्वास्थ्य जाँचपछि क्वारेनटाइनमा बसेको प्रमाणपत्र लिएर ५५ […]