कोरना अपडेट : एक थपिए, दुई घर फर्किए

६ बैशाख २०७७, शनिबार २१:४४
 

सदरलाइनडटकम,
काठमाण्डौं : विश्वव्यापी फैलिएको कोबिड–१९ नोबल कोरोनाबाट सक्रमित हुनेको संख्या ३१ पुगेको छ । भने दुई निको भएर घरफर्केका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्र १४ जनामा संक्रमण देखिएको थियो । शनिबार नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएसंगै संक्रमितको संख्या ३१ पुगेको हो ।

यसअघि शनिबार नै दुई जना कोरोना संक्रमित पूर्ण रुपमा निको भएर घर फर्किएका छन । घर फर्किनेमा बागलुङकी ६५ वर्षिया महिला र काठमाण्डौंमा फ्रान्सबाट फर्कीएकी युवती रहेका छन ।

Next Post

भेरी अस्पतालमा कोरोना परीक्षण शुरु

६ बैशाख २०७७, शनिबार २१:४४
सदरलाइनडटकम, नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा आइतवारदेखि कोरोना भाइरसको परीक्षण शुरु भएको छ । लगातारको प्रयासपछि अस्पतालमा जडान भएको मेशिनबाट शनिवार प्रयोगशाला विज्ञ सुलभ आचार्यको उपस्थितीमा दुई जनाको परीक्षण गरिएको थियो । भेरी अस्पतालमा ल्याब सञ्चालन भएपछि बाँके र बर्दियाका कोरोना आशंकित व्यक्तिको परीक्षण हुने भएको छ । प्रत्येक दिन […]

सम्बन्धित