बाँकेका थप चार ठाँउमा ‘हेल्प डेस्क’ शुरु

५ बैशाख २०७७, शुक्रबार १४:५१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरस संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै बाँकेका थप चार स्थानमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको अगुवाईमा कुसुम बजार, मान खोला नजिक, कोहलपुर चोक र धम्बोझी चोकमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको हो ।
कोरोनाको संक्रमण फैलिन नदिन तथा सम्भावित जोखिमको पहिचान गर्न स्वास्थ्यकर्मीसहितको ‘हेल्प डेस्क’ सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
स्थानीय तह तथा नेपाली सेनासँगको समन्वयमा सञ्चालन गरिएको ‘हेल्प डेस्क’ले राजमार्ग क्षेत्रमा अनावश्यकरुपमा भईरहेको सवारी आवतजावतलाई समेत कडाई गर्ने बताईएको छ ।

Next Post

नरैनापुरका अध्यक्ष शाहद्वारा विओपीलाई सहयोग

५ बैशाख २०७७, शुक्रबार १४:५१
सदरलाइनडटकम, नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पालिकाभित्र रहेका सशस्त्र प्रहरीका तीन वटा बोर्डर आउट पोष्ट (विओपी) मा टर्च लाइट र छाता सहयोग गरेका छन् । वडा नम्बर १ कट्कुइँया, वडा नम्बर ४ नरैनापुर र वडा नम्बर ६ गंगापुरमा रहेका विओपीहरुमा व्यक्तिगत खर्चमा १५ वटा टर्च र […]