बढैयातालमा विपन्न तथा एससी परिवारका लागि ११ लाखको राहत बितरण गरिँदै

४ बैशाख २०७७, बिहीबार २३:०६
 

सदरलाइनडटकम,
बढैयाताल (बर्दिया) : नोबल कोरोना भाईरस (कोबिड–१९) को संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण बर्दियाको बढैयाताल गाउँपालिमा जीवन गुजारा गर्न गाह्रो भएकाहरुका लागि राहत बितरण शुरु भएको छ ।

गाउँपालिकाको सहकार्यमा प्लान इन्टरनेशनल नेपालको सहयोगमार्फत गेरुवा ग्रामीण जागरण संघ बर्दियाले गाउँपालिका दुई वटा वडामा बिहीबारदेखि राहत बितरण शुरु गरेको हो । प्लानले बिगतमा सहयोग गर्दै आएको बिपन्न परिवार (प्लान प्रत्याभूत परिवार) तथा अन्य बिपन्न परिवारलाई राहत स्वारुप नगद रकम बितरण गर्न थालिएको छ ।

गेरुवाका कार्यक्रम संयोजक रामरुप कौशलले बिहिबार मात्रै वडा नं.७ का १ सय १८ घरधुरीलाई राहत बितरण गरिएको बताए । उनले राहत पाउने बिपन्न परिवारको नामावली वडा कार्यालयले संकलन गरे अनुसार परिवार र प्लानको एससी परिवारलाई राहत बितरण गरिने जानकारी दिए ।

सो अवसरमा गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठ, उपप्रमुख दिपा कुमारी गौतम र वडा नं.७ का अध्यक्ष इन्द्रप्रसाद लुईटेलको उपस्थितिमा बिहिबारबाट राहत बितरण शुरु भएको हो । गाउँपालिकाको वडा नं.७ र ९ का ३ सय ९७ घरधुरीलाई राहत प्रदान गरिने छ ।


लकडाउनका कारण खाद्यान्नको अभाव, आर्थिक रुपमा असक्षम हुँदै जाँदा जीवन निर्वाह गर्न समस्या भएकाले बिपन्नहरुको पहिचान गरी त्यस्तालाई राहत स्वारुप प्रति परिवार (घरधुरी) रु २ हजार ७ सय ३० का दरले बितरण गर्न लागिएको छ ।

प्लान इन्टरनेशनल नेपालले बिगतमा एससी परिवार भनेर गाउँपालिका यी दुई वडामा काम गर्दै आएको र कार्यक्षेत्र भएकाले अन्य ठाउँभन्दा यहाँ ती एससी परिवार र बिपन्नलाई सहयोग स्वारुप राहत बितरण शुरु जनाइएको छ ।

वडा नं.७ का २ सय ४५ घरधुरी र वडा नंं ९ का १ सय ५२ घरधुरीलाई करिब ११ लाख रकम राहत स्वारुप प्रदान गरिने गेरुवाका अध्यक्ष कृष्णजंग शाहले जानकारी दिए । राहत बितरण गर्दा कोरोना भाइरस नियन्त्रणका उपाय सामाजिक दुरी कायम गरिएको थियो ।

Next Post

प्रयोगशाला विज्ञसहितको टोली नेपालगञ्ज आउँदै

४ बैशाख २०७७, बिहीबार २३:०६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षणका लागि काठमाण्डौबाट विज्ञसहितको टोली शुक्रवार आउँदै छ । बिहीवार भैरहवा पुगेको टोली शुक्रवार भेरी अस्पताल आउने भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापाले जानकारी दिए । टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम […]