एक दिवसीय महिला क्रिकेटमा भारत छनोट

४ बैशाख २०७७, बिहीबार १४:३१
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारत र पाकिस्तानबीचको एक दिवसीय क्रिकेट सिरिज रद्द भएपछि अर्को वर्ष न्युजिल्याण्डमा हुने महिला एक दिवसीय क्रिकेटमा भारत छनोट भएको छ । पाकिस्तानविरुद्धको छनोट सिरिज भारत सरकारले खेल्न अनुमति नदिए पछि रद्द भएको थियो ।
भारत र पाकिस्तानबीचका एक दिवसीय सिरिज गत वर्षको जुलाई र नोभेम्बरमा तय भएको थियो । तर भारत सरकारले पाकिस्तानसँग खेल्नका लागि अनुमति दिएन । सिरिज रद्द भएपछि दुवै टिमले समान अंक बाँडे । भारत र पाकिस्तानबीचको राजनीतिक समस्याका कारण दुई पक्षीय सिरिजहरु हुन सकेका छैनन् । दुवै देश आईसीसीको इभेन्टमा मात्रै खेल्दै आएका छन् ।
सरिज रद्द भएपछि अस्ट्रेलियाले ३७ अंकसहित शीर्ष स्थानमा रहँदै विश्वकपको छनोट पार गर्न सफल भयो । यस्तै इंग्ल्याण्ड २९ अंक, दक्षिण अफ्रिका २५ अंक र भारतले २३ अंकसहित शीर्ष चार स्थानमा आफूलाई सुरक्षित राखे । आईसीसीले शीर्ष चारमा रहेका टिमलाई विश्वकपमा सामेल गराउने छ ।
अब श्रीलंका, पाकिस्तान र वेस्ट इण्डिजका साथै बंगलादेश आयरल्याण्ड र इस्टर्न रिजन विजेता थाइल्याण्ड, जिम्बाब्बे, पपुवा न्युगिनी, अमेरिका र नेदरल्याण्ड्सले क्वालिफायर म्याच खेल्नु पर्नेछ । क्वालिफायर म्याच ३ देखि १९ जुलाईसम्म श्रीलंकामा हुने छ । तर, अहिलेको कोरोना भाइरसको महामारीका कारण यो प्रतियोगिता पनि प्रभावित हुने सम्भावना बढेको छ ।

Next Post

जमुुनाह क्वारेन्टाइनका घरजान नपाउदा आन्दोलित

४ बैशाख २०७७, बिहीबार १४:३१
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपालगञ्जको जमुनाह दशगजाको क्वारेन्टाइनमा बिगत १५ दिनदेखि बस्दै आएकाहरु गृह मन्त्रालयको आदेशमा घर जान नपाएको आक्रोशमा गाडी तोडफोड गरेका छन् । बिहीबार उनीहरु सबैको र्यापिड डाईगोनोस्टीक टेस्ट किट ‘आरडिटी’ प्रयोग गरी उनीहरुमा कोरोना भाइरसको संक्रमण भएनभएको परीक्षण गरिएको थियो । सो परिक्षणको नतिजा सबै नेगेटिभ आउदा पनि […]

सम्बन्धित