आईपीएल अनिश्चितकालका लागि स्थगित

  
  प्रकाशित मितिः बुधबार, बैशाख ३, २०७७       | 122 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । भारत सरकारले लकडाउन थप तीन साता लम्ब्याएपछि अप्रिल १५ देखि हुने भनिएको आईपीएल अनिश्चिकतकालका लागि स्थगित भएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल स्थगित गरिएको फ्रेन्चाइज टोलीलाई जानकारी गराएको छ । आईपीएलको नयाँ मितिबारे कुनै उल्लेख गरिएको छैन । बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने बताउँदै आएका छन् ।
बीसीसीआईले आईपीएल स्थगित गरेको जनाएपनि रद्दनै भएको भनेर उल्लेख गरेको छैन । अब आईपीएल सेप्टेम्बर वा नोभेम्बरमा गर्ने सक्ने विकल्प छ । त्यसका लागि आईसीसीसँगको सहकार्यमा एसियाक कप लगायत अन्य ठूला प्रतियोगिता मिलाउनु पर्ने हुन्छ ।

प्रकाशित मितिः बुधबार, बैशाख ३, २०७७     3:43:14 PM  |
error: Content is protected !!