फेसवुकमा अफवाह फैलाउने दाङमा एक पक्राउ

२ बैशाख २०७७, मंगलवार १६:३८
 

सदरलाइनडटकम,
दाङ : फेसवुकमा अफवाह फैलाउने दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी फेसवुकमा अफवाह फैलाउने दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी २८ बर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।
न्यौपानेले मंगलवार विहान दाङमा पनि एकजना कोरोना भाइरस संक्रमित भएको भनी फेसबुकमा स्टाटस राखेको प्रहरीले बताएको छ ।

Next Post

कोरोनाको कहर : बाँकेका मदरसा मस्जिद अनुगमन

२ बैशाख २०७७, मंगलवार १६:३८
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना संक्रमितको संख्या बृद्धि हुँदै गएपछि बाँकेमा स्थानीय प्रशासनले नेपालगञ्जका विभिन्न धार्मिक स्थलहरुमा अनुगमन गरी निगरानी बढाएको छ । यसक्रममा कोरोनाको संभावित संक्रमण रोकथाम तथा न्युनिकरण गर्नको लागि मस्जिद तथा मदरसा लगायत धार्मिक संस्थाहरु र त्यसमा आश्रय लिएका व्यक्तिहरुको अवस्थाको बारेमा अनुगमन सुरु गरिएको हो […]