सद्भाव ग्रुपद्वारा बाँकेका ४० पत्रकारलाई एन–९५ माक्स वितरण

३० चैत्र २०७६, आईतवार २३:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड –१९ नोबल कोरना भाईरसको सक्रमणबाट जोगाउन आव्हान गरिएको लकडाउनका बेला पनि जोखिम मोलेर स्थलगत समाचार संकलनका लागि नेपालगञ्जमा सक्रिय ४० जना पत्रकारलाई सदभाव ग्रुप प्रालिले एन–९५ माक्स वितरण गरेको छ ।

ग्रुपका अध्यक्ष दामोदर भण्डारीले बाँकेका विभिन्न सञ्चार माध्यममा कार्यरत ४० जना पत्रकारका लागि संक्रमणबाट जोगाउन २० हजार रुपैैयाँको एन–९५ माक्स वितरण गरिएको बताए ।


उनले गुणस्तरिय माक्स लगाएर मात्र कोरोनाबाट जोगिन सकिने भए पनि अधिकांश पत्रकारले सर्जिकल र कपडाको मात्र लगाएर समाचार संकलन गरेको देखेपछि पत्रकारलाई जोगाउन माक्स वितरण गरेको जानकारी दिए ।

Next Post

कैलालीस्थित एक महिलामा कोरोना संक्रमणको पुष्टि

३० चैत्र २०७६, आईतवार २३:१७
सदरलाइनडटकम, कैलाली : सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ’पोजेटिभ’ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमध्ये १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन् । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा […]

सम्बन्धित