कोरोना संक्रमित ९३ वर्षीया वृद्धा उपचारपछि सन्चो

२९ चैत्र २०७६, शनिबार १४:४८
 

सदरलाइनडटकम,
काठमाण्डौ : टर्कीमा एक ९३ वर्षीया वृद्धाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट स्वास्थ्य लाभ गरेकी छिन् । विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बेला यो राहतको खबर आएको हो ।
टर्कीकी ९३ वर्षीया महिलाको कोरोनालाई हराएकी हुन् । इस्तानबुलको एक अस्पतालमा १० दिनसम्म उपचार गरेपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । टर्कीमा अहिलेसम्म ४७ हजारभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् । संक्रमणको हिसाबले टर्की नवौँ स्थानमा छ । इटलीमा कोरोनाको कारण अहिलेसम्म एक हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । (एजेन्सी)

Next Post

बाँकेबाट परीक्षणका लागि पठाइएका सबैको रिर्पोट नेगेटिभ

२९ चैत्र २०७६, शनिबार १४:४८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा हालसम्म परीक्षणका लागि पठाइएका व्यक्तिहरुको ‘थ्रोट स्वाव’ सबै रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कोरोना भाइरस संक्रमण परीक्षणका लागि पठाइएका सबैको रिर्पोट नेगेटिभ आएको हो । उनका अनुसार हालसम्म बाँकेबाट ७० जनाको ‘थ्रोट स्वाव’ नमूना संकलन गरी परीक्षणका […]