प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

२८ चैत्र २०७६, शुक्रबार १४:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । शुक्रवार बिहान भएको संवादमा कोरोना भाइरसको महामारीविरुद्ध भइरहेको सहकार्यलाई थप सशक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी दिए ।
संवादका क्रममा लकडाउनका कारण एकअर्काको देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दिएको प्रधानमन्त्री ओलीले बताए ।
यस्तै आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न पनि कुराकानी भएको छ । भारत सरकारले उपलब्ध गराउने औषधिलगायतको सहयोगको लागि धन्यवाद दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

Next Post

रक्तश्रावका कारण सुत्केरीको मृत्यु

२८ चैत्र २०७६, शुक्रबार १४:५३
सदरलाइनडटकम, डोल्पा : सुत्केरी भएको ६ घण्टासम्म निरन्तर रक्तश्राव नरोकिँदा डोल्पा ठूलीभेरी नगरपालिका ६ दुरगाउँ डोल्पाकी २२ वर्षीय लालुकुमारी रोकायको मृत्यु भएको छ । शुक्रवार बेलुकीसम्म सुत्केरीको ज्यान बचाउन धेरै प्रयास गरिएपनि नजिक स्वास्थ्य संस्थासमेत नहुँदा बचाउन नसकिएको स्थानीयवासी लक्ष्मी कार्कीले जानकारी दिइन् । असुरक्षितरुपमा घरमै सुत्केरी भएकी रोकायलाई स्थानीय […]