नेपालगञ्ज–१७ द्वारा ६८७ लाई राहत बितरण

२७ चैत्र २०७६, बिहीबार ०८:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनबाट प्रभावितलाई स्थानीय सरकारले सामाजिक दुरी कायम गर्दै राहत दिन सुरु गरेको छ ।

यसक्रममा नेपालगञ्ज उपमहानगरपालिका–१७ ले वडामा रहेका ६८७ जना विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेलाई राहत वितरण गरेको सो वडाका वडा अध्यक्ष अजय पाठकले जानकारी दिए ।

उनले उपमहानगरले तोकेको नम्स भित्र रहेर सो वडाको परसपुरमा ३१५, नदोई गाउमा १३६, ढोडेगाउमा १२८ र थुकैला गाउमा १०८ गरी ६८७ घरपरिवारलाई चामल १५ किलो, पिठो ५ किलो, दाल २ किलो, आलु ५ किलो, तेल १ लिटर, नुन १ पाकेट उपलब्ध गराईएको बताए ।


लकडाउन प्रभावितलाई स्थानीय सरकारले दिन सुरु गरेको राहतको विषयमा केही असन्तुष्ठि तथा बिरोध पनि आई रहेको छ । उनले वडामा घरबाहलमा बस्ने र विद्यार्थीको हकमा कार्यविधिले नबोलेको कारण उनीहरुलाई उपलब्ध गराउन नसकिएको बताए ।

‘वडामा घरबहालमा बस्ने तथा विद्यार्थीहरुको हकमा स्थानीय सरकारले राहत दिने स्पष्ट आधार नभएको कारण असहज भएको छ । तै पनि तथ्याङ्क संकलन गर्ने कार्य भएको छ’–उनले भने–‘स्पष्ट कार्यविधि अथवा निर्णय भएमा उनीहरुलाई पनि राहत उपलब्ध गराउन सहज हुने थियो ।’

Next Post

स्वास्थ्यकर्मी संघद्वारा स्वास्थ्य सामग्री सहयोग

२७ चैत्र २०७६, बिहीबार ०८:४४
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल–भारत दशगजा क्षेत्र तथा अन्य ठाउँमा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीहरुका लागि नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ । संघ जिल्ला कार्यसमिति बाँकेले दशगजामा खटिने स्वास्थ्यकर्मीहरुका लागि बिहीवार नेपालगञ्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । संघका पदाधिकारहरु सम्मिलित टोलीले प्रदान गरेको […]