नेपालगञ्ज–१८ मा सममाजसेबी र जनप्रतिनिधिको पहलमा राहत बितरण

२७ चैत्र २०७६, बिहीबार ०८:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानं. १८ ले कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनबाट प्रभावितलाई सामाजिक दुरी कायम गर्दै राहत बितरण गरेको छ ।

सो वडाका वडा अध्यक्ष दिपक बर्माको पहलमा वडाका लकडाउन प्रभावित ६२५ घरधुरीलाई चामल १५ किलो, पिठो ५ किलो, दाल २ किलो, आलु ५ किलो, तेल १ लिटर, नुन १ पाकेट र १ हात धुने साबुन उपलब्ध गराईएको बताए ।

उनले वडाका सबै घरधुरीलाई यस अघि नै मास्क र हात धुने साबुन वितरण गरी सकेको जानकारी दिए । वडा अध्यक्ष बर्माको पहलमा सो वडामा भाडामा बस्ने, दैनिक ज्याला मजदुरी गर्नेलाई समेत स्थानीय समाजसेवीको सहयोगमा राहत उपलब्ध गराएका छन् ।


उनको यो अभियानमा सिद्धबाबा हार्डवेयरका केशव पौडेल तथा कमल पौडेलले ५५ हजारको खाद्यान्न, उषा नेपाल ५३ हजार २ सय २० को खाद्यान्न, सगरमाथा बोर्डिङ्ग स्कुलका कृष्ण जिसी २२ हजार ३ सयको खाद्यान्न, सोनालीका टेक्टर नेपालगञ्जका सबिन घिमिरे, ३३ हजार ५ सयको खाद्यान्न, नेपाल टे«ड च्यानल (बजाज मोटरसाईकल)का पुरषोत्तम नेपाल १८ हजार ९ सय ८५को ३सय ५० किलो पिठो, फ्रेसहाउसका सर्जन श्रेष्ठ ८ पेटी धारा तेल, फोर्ड हल्याण्ड टेक्टर नेपालगञ्जका नरेन्द्र वली १० हजार को खाद्यान्न, समाजसेवी थलबहादुर वली ६० किलो मसुरोको दाल, दिनेश थापा भुजईगाउ ५० किलो चामललगायतको खाद्यान्न, दिनेश केशरवालबाट ८ हजार बराबरको खाद्यान्न प्राप्त भएको जानकारी दिए ।

उनले यो राहत आफ्नो वडामा रहेका १७० परिवार जो दैनिक ज्याला मजदुरी गर्ने जो भाडामा बस्दै आएका छन उनीहरुलाई चामल १० किलो, पिठो ५ किलो, दाल २ किलो, आलु २ किलो, तेल १ लिटर, नुन १ पाकेट र उपलब्ध गराईएको बताए ।

उनले राहत बितरणमा आफुसंग वडा सदस्य दिग्विजय ढुंगाना, बलिराम हरिजन, कृष्ण बिष्ट, दिपक थापा, चक्र भण्डारी, वडा सचिव विनोद कुँवर लगायतको टोलीको सक्रियता रहेको जानकारी दिए ।

Next Post

नेपालगञ्ज–१७ द्वारा ६८७ लाई राहत बितरण

२७ चैत्र २०७६, बिहीबार ०८:२३
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनबाट प्रभावितलाई स्थानीय सरकारले सामाजिक दुरी कायम गर्दै राहत दिन सुरु गरेको छ । यसक्रममा नेपालगञ्ज उपमहानगरपालिका–१७ ले वडामा रहेका ६८७ जना विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेलाई राहत वितरण गरेको सो वडाका वडा अध्यक्ष अजय पाठकले जानकारी […]

सम्बन्धित