सेनाको रक्तदानले सुत्केरीलाई जीवनदान

२६ चैत्र २०७६, बुधबार १६:२२
 

सदरलाइनडटकम,
बैतडी : नेपाली सेनाका एक जवानले बुधवार बिहान गरेको रक्तदानले सुत्केरीको ज्यान जोगिएको छ । शल्यक्रिया गरेर सुत्केरी भएकी बैतडीको दोगडाकेदार गाउँपालिका ५ न्वालीकी २८ बर्षीया राजु भुलको सेनाले दिएको रगतले ज्यान जोगिएको जिल्ला अस्पताल बैतडीका डा. वसन्तराज जोशीले जानकारी दिए ।
जिल्ला अस्पतालमा चैत २४ गते शल्यक्रियामार्फत बच्चा जन्माएकी राजुको रक्तश्राव भएपछि ज्यान जोखिममा परेको थियो । सुत्केरी महिला रगत अभावमा छट्पटिरहेकी अवस्थामा बैतडीस्थित हनुुमानध्वज गुल्मका जवान विवेक नेपालीले रक्तदान गरेका हुन् ।

Next Post

नेपालगञ्ज–१८ मा सममाजसेबी र जनप्रतिनिधिको पहलमा राहत बितरण

२६ चैत्र २०७६, बुधबार १६:२२
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडानं. १८ ले कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनबाट प्रभावितलाई सामाजिक दुरी कायम गर्दै राहत बितरण गरेको छ । सो वडाका वडा अध्यक्ष दिपक बर्माको पहलमा वडाका लकडाउन प्रभावित ६२५ घरधुरीलाई चामल १५ किलो, पिठो ५ किलो, दाल २ किलो, आलु […]