लकडाउनका कारण बाँके बाहिरका विद्यार्थीको नेपालगञ्जमा बिचल्ली

२३ चैत्र २०७६, आईतवार १७:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ कोरना भाइरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावितले आवश्यक राहत नपाएको गुनासो गरेका छन् । यस्ता विद्यार्थीको डेरामा खाने खर्चको अभाव भएको कारण उनीहरु भोकै बस्नु पर्ने अवस्था आएको छ ।

नेपालगञ्जका विभिन्न कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीले भोकै बस्नु परेको भन्दै आफुहरु बस्दै आएको वडा कार्यालय धाउदा पनि राहत नपाएको वडा नं.९ मा बस्दै आएका हुम्लाका खुमबहादुर रावलले गुनासो गरे ।

उनले नेपालगञ्ज उपमहानगरपालिकामा आफुहरु भोकै बस्नु परेको जानकारी गराउदै आउदा चामल र दाल मात्र पाएको बताए । उनले भने–‘ ५ किलो चामल र १ किलो दालमात्र दिनु भएको छ । न नुन छ न तेल नै छ । चामल पनि खान योग्य छैन ।’

उनी जस्ता ६०/ ७० जनाको समुह नेपालगञ्ज उपमहानगर राहतको माग गर्दै पुगका छन् । उनीहरुमा मुगु, हुम्ला, कालिकोट, सल्यान, प्युठान, दैलेख लगायतका जिल्लाको रहेका छन् ।


उपमहानगरले भने तत्काल आपतकालिन अवस्थामा वितरणको लागि चामल र दाल रहेको कारण भएको सामान बितरण गरिएको जनाएको छ ।

उपमहानगरका उप प्रमुख उमा थापामगरले उप महानगरसंग कुनै पनि बजेट नभएको बताउदै प्रारम्भिक चरणमा वडा तहबाटै राहत वितरण गर्न सुरु गरीएको जानकारी दिईन । ‘केही विद्यार्थीहरु राहतको अपेक्षा राखेर उपमहानगर आउनु भएको थियो । हामीसंग भएको चामल र दाल बितरण गरेका हौ केहीले लिएर जानुभयो केही त्यति लिदैनौ भनेर बस्नु भएको छ ।’

उनले उपमहानगरबाट राहत वितरणको लागि योजना नभएको उल्लेख गर्दै तत्काल बोर्डको बैठक बसेर यसको लागि आवश्यक बजेट तथा योजना बनाउन आवश्यक देखिएको बताईन ।

Next Post

बाँकेका थप चारको रिपोर्ट नेगेटिभ

२३ चैत्र २०७६, आईतवार १७:२७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेबाट कोरोना भाईरसको ‘स्वाव’ परीक्षणका लागि काठमाण्डौ पठाइएको थप ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आईतवारसम्म बाँकेका ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैगरी १ जनाको ‘थ्रोट स्वाव’ परिक्षणकै क्रममा रहेको श्रेष्ठले बताए । भारतसँग सिमा […]