कोविड–१९ राहत कोष, बाँकेद्वारा डुडुवामा राहत बितरण

२१ चैत्र २०७६, शुक्रबार २२:५६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विस्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोबिड–१९) को संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनबाट प्रभावित भएका र दैनिक ज्यालामजदुरी गरेर गर्जो टार्दै आउनेलार्ई लक्षित गरी स्वस्फूर्त रुपमा निर्माण गरिएको कोविड–१९ राहत कोष,बाँकेले आफ्नो उद्देश्य अनुसार राहत सामाग्री स्थानीय तह मार्फत उपलब्ध गराउन सुरु गरेको छ ।

लकडाउनबाट प्रभावित भएका र दैनिक ज्यालादारी गरि गुजारा गर्नेलाई लक्षित गरी स्वस्फूर्त रुपमा सहयोग पुर्याउने उद्देश्यले पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको संयोजकत्वमा गठित समितिले बाँकेका ७ स्थानीय तहलाई राहत सामाग्री हस्तान्त्रण गरिएको छ । नेपालगञ्ज उपमहानगरमा आगामी आइतबार बितरण गरिने फण्डका सदस्य सचिव धनराम ओलीले जानकारी दिए ।

स्थानीय तहले लक्षित वर्गलाई वितरण गर्ने गरि हस्तान्त्रण गरिएको सामानमा १० कुन्टल चामल, २ कुन्टल दाल, १ कुन्टल नुन, १ सय लिटर तेल र १३५ पिस हातधुने साबुन सबै स्थानीयतहलाई हस्तान्तरण गरियको छ ।


प्रदेस सभा सदस्य नमुनाको क्रियासिलतामा स्थापना भएको सो फण्डले शुक्रबार बाँकेको डुडुवा गाउपालिकामा १० कुन्टल चामल , २ कुन्टल दाल, १ कुन्टल नुन , सय लिटर तेल र १३५ पिस साबुन गाउपालिकाका अध्यक्ष नरेन्द्र चौधरी (पप्पु) लाई पत्रकार रुद्र सुवेदीको रोहवरमा समितिको तर्फबाट सदस्यहरु भिमबहादुर रानाभाट, मुकुट ढकाल, धनराम ओली, सुर्यप्रकाश घर्ती र किराना तथा खाध्य ब्याबशायी संघ, बाँकेका उपाध्यक्ष प्रमोद अग्रवाल र महासचिव टोपबहादुर थापाले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।

सो फण्डबाट हलसम्म बाकेका ८ वटा स्थानीय तहमध्य ७ वटा स्थानीय तहमा ७० कुन्टल चामल, १४ कुन्टल दाल,७ सय लिटर तेल, ७ कुन्टल नुन र ९४५ पिस हात धुने साबुन प्रदान गरिएको छ ।

Next Post

मन्त्री बरालद्वारा बाँकेका अस्पताल, क्वारेन्टाईनकाे अनुगमन

२१ चैत्र २०७६, शुक्रबार २२:५६
सदरलाइनडटकम, नेपालगञ्ज :  प्रदेश पाँचका समाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना न्यूनिकरण तथा रोकथामका लागि बाँकेमा भएका प्रयास बारे जानकारी लिएका छन् । उनले साे अवसरमा प्रदेश सरकार अहिलेकाे अवस्थामा गम्भीर ढंगले लागि परेको बताउदै हरसम्भव उपाए अपनाईएकाे जानकारी दिए । शनिबार विहान सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा सन्चालनमा […]