एकता युवाक्लव पुरैनाद्वारा राहत बितरण

२१ चैत्र २०७६, शुक्रबार १३:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : विश्वमा महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि अाव्हान गरेको लकडाउनकाे प्रभावका कारणबाट साझ बिहानकाे समस्यामा परेकाहरुलाई राहात उपलब्ध गराउन थालिएको छ ।

एकता युवा क्लब पुरैनी २२ बाट कलबका अध्यक्ष राजेश कुमार यादवको अध्यक्षतामा ३२ घर बिपन्न परिवारलाई राहत बितरण गरिएकाे स्थानीय चेतबहादुर घर्तीले जानकारी दिए ।


साे राहतमा १० किलाे चामल, १ पोका तेल, खुर्शानी, आलु १ किलाे, नुन एक पोका साबुन १पिस सोयाबिन र माक्स रहेकाे छ ।

साे कार्यमा बिमलकुमार साहु, राजेश कुमार यादव, ओम जंग राणा लगायतकाे सहयाेगमा राहत संकलन गरि बितरण गरिएको हाे ।

Next Post

नेपालमा कोरोना संक्रमितको संख्या सात पुग्यो

२१ चैत्र २०७६, शुक्रबार १३:१०
सदरलाइनडटकम, काठमाण्डौ : नेपालमा कोरोनाका सातौं संक्रमित भेटिएका छन् । कोरोनाको छैठौं संक्रमित बिहीवार फेला परेको भोलीपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि […]