नेपालगञ्जका विपन्नलाई सामाजिक आधार समुहको राहत

२० चैत्र २०७६, बिहीबार २१:३८
 

सदरलाइन / लक्ष्मी तिमिल्सेना ,
नेपालगञ्ज  : कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरेको लकडाउनका कारण प्रभावितलाई सामाजिक आधार समुह (ग्रुपअफ सोसल फाण्डेशन) ले नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न स्थानमा राहत वितरण गरेकोे छ ।

कोरोना भाइरसको कहर चलिरहँदा नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न गरिव दुखि, अपाङग नागरिकलाई राहत वितरण गरेको हो । दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न नागरिकलाई सामाजिक आधार समुहले ५० घरपरिवारलाई राहत वितरण गरेको छ ।

राहतमा १० किलो  चामल, १  किलो नुन, १ किलो दाल, १ पोका तेल वितरण गरेको सामाजिक आधार समुहका अध्यक्ष जावेद हल्वाईले जानकारी दिए ।


विपदको समयमा गरिव दुुखीको सेवा गर्न पाउँदा हर्षित भएको अध्यक्ष हल्वाईले जानकारी गराए । उनले टिमको सक्रियतामा अति विपन्न परिवारलाई राहत बाड्न सफल भएको बताए ।

संस्थाका सल्लाहकार भगतराम थारु, उपाध्यक्ष ममता थापा, सचिव मेनुका रावत, सहसचिव सवुद्दिन हल्वाई, सदस्य अन्सारी लगायतले राहत वितरण गरेका थिए । नगरका विभिन्न स्थानमा अझै राहत वितरण गरिने संस्थाले जानकारी गराएको छ ।

Next Post

नेपालगञ्जका एम्बुलेन्स चालकलाई पूर्वमन्त्री राईले दिए पीपीई !

२० चैत्र २०७६, बिहीबार २१:३८
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके निर्बाचन क्षेत्र नं. २ का संघिय सांसद तथा पुर्बमन्त्री मोहम्मद इस्तियाक राईले कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिनको लागि नेपालगञ्जका एम्बुलेन्स चालकहरुलाई ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) बितरण उपलब्ध गराएका छन् । पूर्वमन्त्री राईले बिहिबार नेपालगञ्जमा रहेका ४७ जना एम्बुलेन्स चालकलाई पीपीई बितरण गर्दै चालकहरुलाई (पिपिई)संगै ग्लोबस, […]