नाकामा फँसेका नेपालीहरुद्वारा नाराबाजी

२० चैत्र २०७६, बिहीबार १६:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमास्थित नेपालगञ्ज नाकामा पाँच दिनदेखि अलपत्र परेका नेपालीहरुले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् । नेपाल र भारतका सुरक्षा अधिकारीको छलफलपछि नेपाली नागरिकलाई भारतीय सुरक्षा निकायले भारतमै क्वारेन्टाईनमा राख्ने सहमति जनाएपनि नेपाली नागरिकहरुले कुनैपनि हालतमा भारतीय क्वारेन्टाईनमा नजाने र आफ्नो देशमा प्रवेश गर्न पाउनुपर्ने माग गरेका छन् ।
उनीहरुले पाँचदिनदेखि अलपत्र आफुहलाई नेपाल प्रवेश गराएर क्वारेन्टाईनमा राख्न माग गरेका छन् । सीमामा अलपत्र परेका नेपाली नागरिकहरु बिहिवारसम्म १८१ जना पुगेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मंगलवारदेखि उनीहरुलाई खाने पिउनेको व्यवस्था गरेको छ ।
तर बुधवार साँझदेखि दशगजामा बसिरहेका नेपाली नागरिकहरुले खाना समेत खाएका छैनन् । बुधबार नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकमा नेपाल र भारत दुबैतर्फका क्वारेन्टाईनमा नेपालीलाई राख्ने सहमति भएपनि गृहमन्त्रालयको आदेशमा त्यो निर्णय कार्यान्वयन हुन नसकेको स्रोतले जनाएको छ ।

Next Post

श्रद्धाभक्तिपूर्वक रामनवमी मनाईंदै

२० चैत्र २०७६, बिहीबार १६:०७
सदरलाइनडटकम, नेपालगञ्ज : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व बिहीवार श्रद्धाभक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । कोरोना भाइरसको महामारीले अहिले देशै लकडाउन भएका कारण यस वर्ष रामनवमीका अवसरका मन्दीरहरुमा भक्तजनहरु जाने अवस्था नरहेको हुनाले घरमै श्रद्धा पूर्वक रामको पूजा गरेर मनाउँदै छन् । त्रेतायुगमा अयोध्याका राजा […]