नदीमा हराएका युवकको शव भेटियो

१८ चैत्र २०७६, मंगलवार १६:१२
 

सदरलाइनडटकम,
बैतडी : पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि मंगलवार मृत अवस्थामा फेला परेका छन् । बिहीवार दशरथचन्द नगरपालिका १० का २२ वर्षीय सौरभ चन्द नन्तडी भन्ने स्थानबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
साथीहरुसँग पिकनिक गएका बेला महाकाली नदीमा पौडी खेल्दा बगेर बेपत्ता भएका हुन् । सौरभको शव बगेको स्थानभन्दा ३ किलोमिटर तल तडीगाउँ भन्ने स्थानमा फेला परेको स्थानीय उत्तम चन्दले जानकारी दिए ।
भारतीय नागरिक दीपक चन्दले माछा मार्ने क्रममा जालमा सौरभको शव फेला परेको बताए । यसअघि बेपत्ता सौरभको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो ।

Next Post

लायन्सले दियो भेरी लगायतका अस्पताललाई पिपिई

१८ चैत्र २०७६, मंगलवार १६:१२
सदरलाइनडटकम, नेपालगञ्ज  : विश्वब्यापी फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले आव्हान गरेको लकडाउनको बेलामा लायन्सले स्वास्थ्यकर्मीलाई पर्शनल पोेटेक्टीभ ईक्वीपमेन्ट पिपिई, सेनिटाईजर उपलब्ध गराउनुको साथै मानविय सहयोग सुरु गरेको छ । लायन्सका पूर्व ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतानको नेतृतवमा पूर्वी नेपालमा लकडाउन प्रभावितहरुलाई विभिन्न मानविय सहयोग बितरण गर्नुको साथै उपचारको लागि […]