खजुरामा आईसियुसहितको आईसोलेशन अस्पताल सञ्चालनको हुने अवस्थामा

१८ चैत्र २०७६, मंगलवार ०८:२६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बिश्वव्यापी फैलिएको कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमण रोक्नको लागि पाँच नंम्बर प्रदेश सरकारले बाँकेको खजुरामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा ६ बेडको भेन्टिलेटर सुविधा सहितको आईसियु र ५० बेडको कोरोना आईसोलेशन अस्पताल तयार गरिएको छ ।

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुप्रिटेण्ट डा प्रकाशबहादुर थापाले प्रदेश नं ५ सरकारले बाँकेको खजुरामा रहेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताललाई आईसोलेशनका रुपमा तयार गर्ने निर्णय अनुसार प्रदेश नं ५ सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको संयोजकत्वमा गत चैत्र ११ गते खजुरा गाउँपालिकामा बैठक बसेर कोरोना भाईरसको लागि आईसोलेशन अस्पतालको स्थापना, सञ्चालन र ब्यबस्थापन गर्नेगरि निर्णय गरिए अनुसार अन्तिम चरणमा पुगिएको जानकारी दिए ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण हुने सम्भावना बिश्व स्वास्थ्य संगठनले समेत नेपाललाई उच्च जोखिम भएको घोषणा गरेको र छिमेकी राष्ट्र भारतमा देखिएको र नेपालमा समेत देखिएकाले खजुरास्थित सुशील कोईराला प्रखर क्यान्सर अस्पताल बाँकेलाईलाई आईसोलेशन अस्पतालका रुपमा ब्यबस्था मिलाउने गरि भेरी अस्पतालका मेसु डा. थापाको संयोजकत्वमा ११ सदस्यीय उपसमिति समेत गठन गर्दै आईसोलेशन अस्पतालको रुपमा ब्यबस्थापन मिलाउन तीब्र रुपले तयारी अगाडि बढाईएको हो ।


सुशील कोईराला प्रखर क्यान्सर अस्पतालका निर्देशक समेत रहेका डा. विश्वराम पौडेलले आईसियुको केही उपकरण जोड्न बाँकी रहेको बताउदै विरामी आई हाले आफुहरु सेवा दिनको लागि तयारी अवस्थामा रहेको जानकारी दिए । उनले अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति पूर्तीको लागि दरखास्त आव्हान गरिसकिएको बताए ।

प्रदेश नं ५ सरकारले ५ नम्बर प्रदेशमा दाङको बेलझुण्डी आयुर्वेद अस्पताल, भैरहवा अस्पताल, बुटवलको प्रादेशिक अस्पताल र बाँकेको सुशील कोईराला प्रखर क्यान्सर अस्पताललाई आईसोलेशन अस्पतालको रुपमा स्थापना गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत धिरजंग शाहले प्रदेश नं ५ सरकारले क्यान्सर अस्पताल खजुरालाई आईसोलेशन अस्पताल निर्माण गर्नको लागि आवश्यक तयारीको लागि दिएको निर्देशन अनुसार काम तीब्र रुपमा अघि बढाईएको जानकारी दिए । प्रदेश नं ५ सरकारले आईसोलेशन अस्पताल निर्माण गर्नको लागि प्रत्यक अस्पताललाई २÷२ करोड रकम दिने निर्णय गरी रकम समेत पठाई सकेको छ ।

Next Post

हृदयघातका कारण कैदीको मृत्यु

१८ चैत्र २०७६, मंगलवार ०८:२६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज कारागारमा अपराधिक लाभ कसुरमा कैद भुक्तान गरी रहेका एक कैदीको हृदयघातका कारण मृत्यु भएको छ । कारागारका जेलर देबेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार कारागारमा कैद भुक्तान गरि रहेका नेपालगन्ज–८ का ६० वर्षिय असपाक अहमद सिद्दिकी मंगलबार बिहान ७ बजे एक्कासी बेहोस भएपछि उपचारको लागि भेरी अस्पताल […]