मन्त्रिपरिषदको राहत प्याकेज निर्णय

१७ चैत्र २०७६, सोमबार ०७:५६
 

सदरलाइनडटकम,
काठमाडौं  : आइतबारको मन्त्रिपरिषदले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावितहरुलाई राहत प्याकेज घोषणा गरेको छ । संक्रमण फैलन नदिनको लागि आव्हान गरेको लकडाउनमा सरकारको यो निर्णयले राहत हुने भएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकहरुलाई फागुन र चैतको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यस्तै, खाद्य संस्थानले बेच्ने दाल चामल लगायतका खाद्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय भएको छ । जसअनुसार मासिक १५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलमा २५ प्रतिशत छुट पाउनेछन् ।


विद्युत, खानेपानी, टेलिफोन शुल्कलाई फागुन र चैत महिनामा महसुल भुक्तानी वैशाख मसान्त बुझाएमा बिलम्ब भुक्तानी वा जरिवाना नलाग्ने पनि राहत प्याकेजमा उल्लेख छ ।

यी हुन मन्त्रिपरिषदको बैठकका मुख्य निर्णयहरु
१. निजि विद्यालय शुल्क छुट !
२. घरभाडा छुट (अनुरोध) !
३. दैनिक ज्यालादारी गर्ने मजदुर लाई राहत !
४. विदेश अध्यनरत विद्यार्थीलाई पैसा पठाउन सकिने ।
५. मदिरा आयातमा रोक ।
६. सुनको आयतमा कटौती ।
७. महङ्गो गाडी आयतमा रोक ।
८. लकडाउन जारी ।
९. विद्युत महसुल र खाद्यान्नमा छुट ।
१०. स्वास्थकर्मी र सुरक्षाकर्मीको २५ लाखको बिमा ।
११. ईन्टरनेट शुल्क २५ प्रतिशत कम ।

Next Post

नेपालगञ्जको कोषमा राहत थपिँदै

१७ चैत्र २०७६, सोमबार ०७:५६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन उद्धार कोषमा राहत संकलन जम्मा हुने क्रम बढेको छ । राप्ती गणेश कन्स्टक्शनका सञ्चालक ओम नारायण शाहले सोमवार एकलाख एकहजार रुपैयाँ जम्मा गरेका छन् । शाहले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का […]