डुडुवामा एघार बेडको क्वारेन्टाइन तयार

१५ चैत्र २०७६, शनिबार १६:२०
 


सदरलाइनडटकम,
डुडुवा (बाँके) : कोरोना भाइरसको संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि बाँकेको डुडुवा गाउँपालिकाले ११ बेडको क्वारेन्टाइन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर २ स्थित बेतहनी स्वास्थ्य चौकीमा शनिवार ११ शैय्याको क्वारेन्टाइन तयार गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले बताए ।
उनका अनुसार क्वारेन्टाइनमा बेडसंगै साबुन पानी, सेनीटाइजर, हैण्डवास, डस्टविन, सामान्य औषधीलगायत चाहिने आधारभुत सामानको समेत व्यवस्थापना गरिएको छ । गाउँपालिकामा ३० बेडको क्वारेन्टाइन बनाउने लक्ष्यअनुसार गाउँपालिकाको वडा नं. ४ कम्दीस्थित आधारभुत विद्यालय शाहपुर्वा र वाडा नंं. ६ हिरमिनियामा आवश्यकताअनुसार थप १०–१० बेडको क्वारेन्टाइन तयार गरिने छ ।
गाउँपालिका सिमासंग जोडिएकाले भारतबाट समेत मानिसहरु आउने भएकाले र सरकारको नीतिअनुसार क्वारेन्टाईन तयार गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अहिले गाउँपालिकामा स्वास्थ्य सरसफाई तथा जोखिमबाट बच्नका लागि उच्च सतर्कता अपनाउन र घरबाहिर ननिस्कनका लागि सचेतनामुलक सन्देशसहितको माइकिङ्गको कार्य भईहेको छ ।

Next Post

नेपालमा पाँचौ संक्रमित भेटियो

१५ चैत्र २०७६, शनिबार १६:२०
सदरलाइनडटकम, नेपालगञ्ज :  नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी २२ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड–१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । […]