नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

  
  प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६       | 466 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल एयर लायन्सको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाण्डौंबाट आएको वाई १२ ट्विनअट्टर विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन केही बेर लाग्ने उनले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, चैत्र १५, २०७६     1:37:05 PM  |
error: Content is protected !!