लकडाउनको असर सुरु : राप्ती सोनारी–२ मा नुनतेल खाद्यान्न अभाव आपूर्तीको लागि धनाकर्षण

१५ चैत्र २०७६, शनिबार १०:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ (नोबल कोरना) भाईरसको संक्रमणबाट जोगिन आव्हान गरेको लकडाउनका कारण दैनिक उपभोग्य बस्तुको अभाव देखिन सुरु भएको छ ।

बाँकेको राप्ती सोनारी गाउपालिका–२ वडा अध्यक्ष मदनकुमार ओलीले लकडाउनको कारण आफ्नो वडामा नुन तेल लगायतका खाद्यान्न अभाव भएको बताए ।


उनले सदरलाइनसंग कुरा गर्दै भने–‘लकडाउनको कारण नुन, तेल खाद्यान्न जास्ता अत्यावश्यक सामानको अभाव भयो नत सिडियो सावको फोन उठ्छ । यी अत्यावश्यक सामाग्री कसरी उपलब्ध हुन्छ जानकारी गराई दिन पर्यो ।’

सरकारले लकडाउनमा पनि अत्यावश्यक सामाग्रीको अभाव हुन नदिने बताउदै आएको छ । नेपालगञ्जबाट केही किलोमिटरको दुरीमा खाने नुन, तेल जस्ता सामाग्री अभाव हुँदा कसरी आपूर्ती गर्ने आफुहरु समस्यामा परेको उनले बताए ।

Next Post

नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना

१५ चैत्र २०७६, शनिबार १०:१७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल एयर लायन्सको जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । क्वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाण्डौंबाट आएको वाई १२ ट्विनअट्टर विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए । धावनमार्गबाट विमान चिप्लिए […]

सम्बन्धित