लकडाउनबाट प्रभावित विपन्न वर्गलाई रिलिफ फण्डबाट राहत वितरण गरिदै

१५ चैत्र २०७६, शनिबार ०९:१९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ (नोबल कोरना) भाईरसको संक्रमणबाट जोगिन आव्हान गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर मर्कामा परेका छन् ।

लकडाउनको चौथोदिन उनीहरु भोकै बस्न पर्ने अवस्था आएको कारण उनीहरुको घर–घरमा राहत पुराउने तयारी कोबिड–१९ रिलिफ फण्ड बाँकेले तयारी सुरु गरेको फण्डका सञ्चालक प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले जानकारी दिईन ।

उनले नेपालगञ्ज उपमाहानगरका विभिन्न वडाहरुमा रहेका अति विपन्न जो दैनिक ज्याला मजदुरी गरी गुजरा चलाउदै आएका थिए उनीहरुको पहिचान गरी न्यूनतम एक साता पुग्ने दाल चामल नुन जस्ता खाद्यान्न बितरण गर्ने तयारी गरिएको बताईन ।


उनले सहयोग वितरण गर्दा स्थानीय प्रशासन, प्रहरी तथा वडाका जनप्रतिनिधिको सहयोग तथा जनाकारीमा गरीने जानकारी दिईन । यो फण्ड प्रदेश सभा सदस्य नमुनाको पहलमा स्थानीय सहयोगी मनहरुद्वारा सहयोग उपलब्ध गराई सञ्चालनमा ल्याईएको हो ।

नेपालगञ्जको वडा नं. ८ को घसियारनटोल, वडानं ५ लगायतका स्थानमा स्थानीय रिजवान शेषको पहलमा स्थानीय जनप्रतिनिधि वडा अध्यक्ष, वडासदस्यहरुको सहयोगमा लकडाउनको कारण समस्यामा परेका विपन्न व्यक्तिको घरमा राहत प्याकेज पुराउने तयारी गरिएको हो ।

नेपालगञ्ज–८ का रिजवानले वडा नं. ८ र ५ मा करिव ५०–६० परिवार लकडाउनको कारण भोकै बस्नुपर्ने अवस्थाका रहेको जानकारी आफुहरुसंग आएपछि उनीहरुको यकिन अवस्था बुझ्दै सहयोग खोजिगरेको जानकारी पाएपछि सम्बन्धित वडाका जनप्रतिनिधिको रोहवरमा वितरण गर्ने गरी रिलिफ फण्डलाई आग्रह गरेको बताए ।

Next Post

धनगढीका कोरोना संक्रमित नेपालगञ्ज हुँदै गएका थिए

१५ चैत्र २०७६, शनिबार ०९:१९
सदरलाइनडटकम, नेपालगञ्ज  : यतिबेला विश्व नै कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ । यस्तो बेलामा सचेतना र सेल्फ क्वारेन्टाईन नै यसबाट बच्ने उपाय हो । तर नेपालगञ्ज भने विभिन्न कारणले अत्यन्तै असुरक्षित भएको छ । कोरोना भाइरसको संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुष दुबईबाट दिल्ली हुँदै काठमाडौं र काठमाण्डौबाट […]