कोबिड–१९ रिलिफ फण्ड बाँकेमा पहिलो दिन साढे ३ लाख बढी संकलन

१३ चैत्र २०७६, बिहीबार २३:०२
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’को प्रभावितको लागि मानविय सहयोगको लागि स्थापना गरिएको कोबिड–१९ रिलिफ फण्ड बाँकेमा पहिलो दिन साढे ३ लाख बढी संकलन भएको छ ।

पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले लकडाउनका कारण प्रभावित हुने व्यक्तिलाई मानविय सहयोग जुटाउन सजिलोहोस भनेर स्थापना गरेको सो फण्डमा साढे ३ लाख बढी संकलन भएको छ ।

उनले कोरोनाबाट जोगिनको लागि संक्रमण रोक्ने सबै भन्दा उत्तम उपाए सेल्फ क्वारेन्टाईन भएको कारण कोरोना बिरुद्ध सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सहयोग पुराउन सबैले आ–आफ्नो घरमा बसेर यो विपदको घडिमा आफु र आफन्तलाई जोगाउन सहयोगको लागि अपिल गर्दै स्वःस्फूर्तरुपमा मानविय सहयोग समिति निर्माण गरी आ–आफ्नो क्षेत्रबाट सहयोगको अपिल गरेकी थिईन । उनको अपिलमा पहिलो दिनमा २१ जनाले सहयोग गर्ने प्रतिबद्धता जनाउदै ३ लाख ६० हजार ७ सय १६ रुपैया जम्मा भएको छ ।

सो फण्डमा आफैले ५० हजार जम्मा गरी सुरु गरेको सो अभियानमा भेरी अस्पतालका डा. राजन पाण्डेले ५० हजार, डा. कुमार सान शाहले ५० हजार थपेका छन ।


यसैगरी सो फण्डलाई सहयोग गर्नहरुमा सोफिया स्कुल नेपालगञ्ज ३० हजार, सहकारी बैक सञ्चालक समिति सदस्य बिजया धितालले २५ हजार, स्वास्थ्यकर्मी प्रदिप ओलीले २५ हजार, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग बिशेषज्ञ डा. रोमा बोराले २१ हजार सहयोग गरेका छन् ।

सो फण्डमा जोडिनको लागि नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य भिम रानाभाटले ११ हजार १ सय १, केपि भण्डारीले १० हजार १ सय ५, गिरीराज भुसाल, तेज प्रसाद रेग्मी, कुष्माखर बस्याल, सोहनलाल यादव र अमर ओली कोरियाबाट जनही दश÷दश हजार, केदार उप्रेतिले हजार ५ सय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

फण्डमा जोडिएर सहयोग गर्नेहरुमा मिना सुवेदी ढकाल, मुकुट ढकाल, रमेश थापा, मिना मल्ल, रेद्य भण्डारी र सौभाग्य ओझाले ५–५ हजार र विद्यार्थी नेता सुर्य घर्तिमगरले ३ हजार सहयोग गरेका छन् । उनले सो फण्डमा सहयोग गर्नेहरुको नाम सामाजिक सञ्जाल तथा सञ्चार माध्यामबाट प्रत्येक हर हिसाव सार्वजनिक गरिने प्रदेश सभा सदस्य नमुनाले जानकारी दिईन ।

Next Post

कोबिड–१९ रिलिफ फण्ड बाँकेलाई मुटुरोग बिशेषज्ञ डा. अधिकारीको सहयोग

१३ चैत्र २०७६, बिहीबार २३:०२
सदरलाइनडटकम, नेपालगञ्ज  :  कोबिड–१९ रिलिफ फण्ड बाँकेमा सहयोगी मन जोडिने क्रम जारी छ । पछिल्लो समय भेरी अस्पताल नेपालगञ्जमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कृष्णप्रसाद अधिकारी जोडिएका छन् । उनले सो फण्डमा आफ््नो तर्फबाट २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस अघि भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन […]

सम्बन्धित