पत्रकारलाई नेपालगञ्ज उद्योग वाणिज्य संघको ग्लोब्स र सेनिटाइजर

  
  प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६       | 128 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले कोरोना संक्रमणबाट जोगाउने उद्देश्यले समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ ।

संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने ती सामाग्री हस्तान्तर गरेका हुन ।

कोरोना संक्रमणका कारण उत्पन्न परिस्थितीमा समेत जनतालाई सूचना सम्प्रेशण गरिरहेका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि ग्लोब्स र सेनिटाइजर वितरण गरेको अध्यक्ष मन्सुरीले बताए ।

संघले कोरोना संक्रमण बिरुद्धको अभियानमा साथ दिदै बिपत्तकालीन कोष निर्माण गरेको छ भने भेरी अस्पताल, शिक्षण अस्पताल, नेपाली सेना र प्रहरीलाई पिपिआई सहितका अन्य स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

प्रकाशित मितिः बिहिबार, चैत्र १३, २०७६     6:44:01 PM  |